२०७८ साल माघ ६ गते बिहिबार

‘साइबर सेना’ को नाम परिवर्तन हुने

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०१:४४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन् । साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए । ‘