काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्वाचित भएका छन् ।
आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई आगामी ५ वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
करिब ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहँदै आएका प्रचण्डको यो कार्यकालसमेत गरी पार्टीको नेतृत्व गरेको ४० वर्ष पुग्नेछ ।
केन्द्रीय समितिको बैठकमा प्रचण्डलाई अध्यक्ष बनाउन नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन गरेका थियो । उक्त प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
पहिलो बैठकबाट पदाधिकारीको टुंगो लगाउने भनिए तापनि प्रचण्डलाई पुनः अध्यक्ष बनाउने निर्णय गरेर पहिलो बैठक सम्पन्न भएको छ ।