मिटरब्याज पीडित र प्रहरीबीच झडप, ३ जना घाइते

न्युजलय २७ भदौ २०७९, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । 

झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । 

कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको प्रहरीले जनाएको छ । १० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको ।