भारतको महाराष्ट्रमा कार ट्रकसँग ठोक्किदा पाँच जनाको मृत्यु

न्युजलय १६ माघ २०७८, आइतबार ०८:२४ मा प्रकाशित

दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा आइतबार भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । लोनावाला क्षेत्र नजिकै मुम्बई–पुणे एक्सप्रेस मार्गमा बिहान ७ः३० बजे दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी गराएका छन् ।


तीव्र गतिमा मुम्बईबाट पुणे जाँदै गरेको एउटा कार ट्रकसँग ठक्कर खाएपछि दुर्घटना भएको र उक्त घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।


सञ्चारमाध्यमका अनुसार पीडितहरूलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा लगिएको तर उनीहरूलाई तत्कालै मृत घोषित गरिएको थियो । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरू भइसकेको जनाएको छ ।