जसपाद्वारा बाबुराम भट्टराईसहित ९ जना पदमुक्त

न्युजलय ३१ असार २०७९, शुक्रबार ०२:२५ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ। 


जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

 

पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्। 


त्यस्तै बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।

 

उनीहरूमाथि पार्टी विधानविपरीत काम गरेको आरोप छ। 


त्यस्तै, अध्यक्षले प्रयोग गर्ने अधिकार प्रयोग गरी बैठक बोलाउने काम गरेको, नयाँ पार्टी खोल्ने निर्णय गरेको आरोप छ। कारबाहीमा परेका बाबुराम भट्टराई र महेन्द्र यादव सां‌सद समेत छन‍्।


भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौंमा छुट्टै भेला बोलाएका थिए।