रामधुनी नगरपालिकामा कर्मचारीको विरोध प्रदर्शन

न्युजलय २१ असोज २०८०, आइतबार ०६:३० मा प्रकाशित

इटहरी । रामधुनी नगरपालिकाका कर्मचारीले संघीय निजामती सेवा विधेयक जारी गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । 


कर्मचारीले आइतबार १० बजेदेखि १२ बजेसम्म पेन डाउन गर्ने तथा सोमबार र मंगलबार कार्यालयबाट अत्यावस्यक काम बाहेकको सेवासुविधा बन्द गर्ने भन्दै आफ्नै कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।


सरकारले संघीय संसद्‌मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने उनीहरुको मागसहित रामधुनीका कर्मचारीहरुले काठमाडौं गएर आन्दोलन गर्ने तयारी समेत गरिरहेको र कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र समेत बुझाएको स्थानीय तह कर्मचारी संघर्ष समिति रामधुनीका संयोजक दुर्गेश विश्वकर्माले जानकारी दिएका छन् ।


आन्दोलनमा उत्रिएका उनीहरुले समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था तथा कर्मचारी कल्याणकारी कोषको व्यवस्थालगायतका गर्न माग गरेका छन् ।