काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीतर्फ शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
१५ चैत २०७८ र ९ असार २०७९ मा लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार ३७३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ३१४ सिटका लागि लिइएको लिखित परीक्षामा एक हजार २४९ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षामा अमर्यादित कार्य गर्ने २ जनालाई आयोगले कारवाही गरेको छ । एउटाको परीक्षा रद्द गरिएको छ भने अर्कालाई दुई वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरेको छ ।
प्रदेश १ बाट १०४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ८० सिटका लागि लिइएको परीक्षामा ३३६ जना सहभागी थिए । परीक्षामा अमर्यादित कार्य गरेका एक जनाको परीक्षा रद्द गरेको छ ।