मोरङको उच्च र जिल्ला अदालतमा पनि एक घण्टा विरोध प्रदर्शन

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०८:०७ मा प्रकाशित

विराटनगर । उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरूले आइतबार(आज) दिउँसो ११ देखि १२ बजेसम्म प्रर्दशन गरेका हुन् । 

दुवै अदालत अगाडि गरिएको प्रर्दशनलाई उच्च अदालत बारका अध्यक्ष नारायण दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेका थिए ।

अधिवक्ता विकास थापाका अनुसार प्रदर्शन सकिएपछि दुवै अदालतका नियमित सुनुवाइ सुचारु भएका छन्।

कानुन व्यवसायीमाथिको प्रहरी दमन र प्रधानन्यायाधीशको विकृति र विसंगति विरुद्ध तीन दिनसम्म लगातार एक(एक घण्टा विरोध प्रदर्शन गर्ने दुवै बार एसोसिएसनले कार्यक्रम तय गरेको बताइएको छ ।