भारतमा बम विस्फोटबाट कम्ती तीन जनाको मृत्यु

न्युजलय १८ मङ्सिर २०७९, आइतबार ०९:४४ मा प्रकाशित

 एजेन्सी । भारतको पश्चिम बङ्गालमा बम  विस्फोट हुँदा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् । 

उनको घरमा नै बम विस्फोट गराइएको थियो । भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो ।

सो विस्फोटमा परेर उनको पनि निधन भएको छ । सो विस्फोटमा परेर उनी बाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ ।

मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ । सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो ।

बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ ।