तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

न्युजलय ३१ पुस २०७८, शनिवार ०१:३० मा प्रकाशित

पोखरा । तनहुँको बन्दीपुरमा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ । घटनाले स्थानीय हटिया गाउँ शोकमा डुबेको छ । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो । जीप खस्न थालेपछि चालक जीप छाडेर भागेका थिए ।