मनकामना केबलकार पुस ४ गतेदेखि चार दिन बन्द हुने

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०१:४८ मा प्रकाशित

काठमाडौं । मनकामना केबलकार आइतबारदेखि चार दिन बन्द हुने भएको छ ।


गियर बक्स र टावरको मर्मत गर्नुपर्ने अनुसार केबलकार सेवा मर्मत सम्भारको लागि पुस ४ गते आइतबारदेखि ७ गते बुधबारसम्म बन्द रहने मनकामना केबलकारले जनाएको छ ।

 

पुस ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने एक सूचनामार्फत जानकारी गराइएको छ ।