कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

न्युजलय ५ असार २०८१, बुधबार ०८:५७ मा प्रकाशित

मोरङ । कोशी प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभा बैठक बहिष्कार गरेको छ।

बुधबार प्रदेश सभा बैठकमा सभामुख अम्बरबहादुर विष्टले आफ्ना कुरा राखिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बैठक बहिस्कार गर्ने बताएका थिए।

बैठकमा प्रमुख सचेतक तामाङले प्रदेशको आर्थिक वर्ष २०८१–०८२ को बजेटअन्तर्गत रातोकिताबमा समाविष्ट योजनाहरुका विषयमा असन्तुष्टि जाहेर गरेका थिए। 

सरकारले ल्याएको बजेटअन्तर्गत रातोकिताबमा समान रुपमा योजना पर्न नसकेको जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेका प्रमुख सचेतक तामाङले सभामुखलाई जानकारी गराएका थिए।

आर्थिक वर्ष २०८१–०८२ को बजेटअन्तर्गत रातोकितामा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जीवन आचार्य निर्वाचित मोरङ क्षेत्र नम्बर ६ को १ मा ४९ करोड ५१ लाख रुपैयाँ बराबरको ३२ वटा योजना परेको छ।