काठमाडौं ।आइतबार सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।