काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार(आज) को बैठक स्थगित गरिएको छ ।
आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा शुक्रबारको बैठक सार्नका लागि आग्रह गरेको हुँदा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।