त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

न्युजलय १७ माघ २०७८, सोमबार ०८:३४ मा प्रकाशित

काठमाडौं । कोरोनाका कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्ने उनले बताए । 

कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।