ड्रोनको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, उपचारपछि दुईजना ‘डिस्चार्ज’

न्युजलय २१ चैत २०८२, शनिवार ०२:०७ मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये दुईजना उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । 

घाइते अरू चार नेपाली पनि डिस्चार्जको प्रक्रियामा रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

घाइते सात नेपालीमध्ये एकजनाको अवस्था गम्भीर रहेको यूएईको सरकारी सञ्चारमाध्यमले जनाएको थियो । उनी पनि खतरामुक्त रहेका बताइएको छ ।

अजबन क्षेत्रमा उक्त घटना भएको हो । घटनामा पाँच भारतीय पनि घाइते भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।