१ नम्बर प्रदेश साक्षर घोषणा

न्युजलय २३ भदौ २०७९, बिहिबार ०४:२९ मा प्रकाशित

विराटनगर । १ नम्बर प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीवार(आज) प्रदेश १ लाई साक्षर घोषणा गरेका हुन् । 

साक्षर प्रदेश घोषणा गरे । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।

१ नम्बर प्रदेशमा १५–६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुगम जिल्लामा साक्षरता प्रतिशत कम देखिएको छ ।

१५–६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ । 

१ नम्बर प्रदेशमा ४५ लाख ३४ हजार ९४३ जनसंख्या रहेकोमा ९६.७४ प्रतिशत साक्षर रहेको सामाजिक विकासमँत्रालयले जनाएको छ ।