काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले दोहाबाट प्रकाशित अरबी दैनिक अल शार्क अल अरब अङ्ग्रेजी राष्ट्रिय दैनिक दि पेनिन्शुला लगायत अन्य ४ वटा छापा प्रकाशनका डिपुटी सिइयो तथा अल शार्क पब्लिकेसन्सका प्रमुख एवं अल शर्कका प्रधान सम्पादक जाबर सालिम अल हरमीसँग भेटघाट गरेका छन् ।
पत्रकार महासंघका केन्द्रिय सदस्य अहमद र अल शर्कका प्रधान सम्पादक सालिम अल हरमीबीच कतारमा भएको भेटघाटमा नेपालका संचारमाध्यमको बर्तमान अवस्था र प्रेस स्वतन्त्रतासंगै कतार र नेपालबीच संचार क्षेत्रमा हुनसक्ने विभिन्न बिषय र अवसर बारे छलफल भएको हो ।
प्रधान सम्पादक सालिम अल हरमीले कतारको तर्फबाट नेपाली संचार क्षेत्रमा थप बिकासका लागि कतार सदैव तयार रहेको बताए ।
उनले नेपालमा संचारमाध्यमको बिकासमा भुमिका निर्वाह गर्न कतार तत्पर रहेकोले नेपाल र कतारबीचको सम्बन्धमा थप बलियो बनाउनका लागि सदभाव कायम हुनुपर्नेमा जोड दिए । उनले नेपाल र कतारबीचको सम्वन्धलाई सुमधर बनाउन कतार सदैव तयार रहेको हुँदा पत्रकारिता मार्फत विकास गर्न आवश्यक रहेको समेत बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदले कतार सरकार र स्थानीय निकायसँगको गहिरो सम्बन्धलाई कतार स्थित नेपाली समाजले उपयोग गर्नु पर्नेले जोड दिए ।
भेटघाटमा अहमदले नेपाल र नेपाली संचार माध्यम कतार र नेपाल बिचको सम्बन्ध थप प्रगाढ बनाउने सवालमा पुर्ण गम्भीर रहेको स्पष्ट पार्दै प्रधान सम्पादक हरमिलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए ।