उपेन्द्र यादवको अधिकार कटौती

न्युजलय २४ फाल्गुण २०७८, मङ्गलबार ०१:४३ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ। कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो। 

अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको पनि सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ। पहिले यादवसँग मात्र यस्तो अधिकार थियो ।