देशभर आज थप ५२१ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०२:३६ मा प्रकाशित

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।


१० हजार ११५ जनाको स्वास्थ्य परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ६ हजार ३७ जनाको पीसीआर र ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।


पीसीआर परीक्षणबा६ ४२७ र एन्टिजेन परीक्षणबाट ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा ३ हजार ९३५ जनाले कोरोनालाई जितेका छन् ।


आज थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८९२ पुगेको छ । अहिले देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित छन्।