नेपालमा के गर्दैछन् चर्चित चिनियाँ खर्बपति ज्याक मा ?

न्युजलय १३ असार २०८०, बुधबार ०३:१२ मा प्रकाशित

काठमाडौं । तीन दिने भ्रमणका लागि आकस्मिक रुपमा काठमाडौ ओर्लिएका चिनियाँ खर्बपति ज्याकमा को भ्रमण विश्वभरका मिडियाहरुको लागि चासोको विषय बनेको छ । मंगलबार दिउँसो निजी विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका ज्याक द्वारिकाज होटलमा बसेका छन् । 


अलिबाबाका संस्थापकसमेत रहेका विश्वचर्चित खर्बपति ज्याक मा नेपाल आउनुको कारण खुलेको छैन । तर उनी बंगलादेश हुँदै काठमाडौं आइपुगेको भनिएको छ । ज्याक भोलि बुधबार चितवन गएर बस्ने बताइएको छ ।


ज्याक माले प्रधानमन्त्री, अर्थमन्त्रीलगायत नेपालका अर्बपति विनोद चौधरीलाई भेट्ने बताइएको छ । बिहीबार उनी पाकिस्तान पुग्नेछन् । 


ज्याक माले सन् १९९९ मा बनाएको अलिबाबा ग्रुप अहिले संसारकै ठूलो अनलाइन होलसेलर प्लाटफर्म हो । उक्त कम्पनीको अहिलेको बजारमुल्य १ खर्ब डलरभन्दा माथि छ ।