पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

न्युजलय २६ पुस २०७८, सोमबार ०६:३९ मा प्रकाशित

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार(भोली) पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार जाने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको जनाइएको छ ।  

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।