चितवनमा बाघको आक्रमणमा परी एक युवती बेपत्ता

न्युजलय २ असार २०७९, बिहिबार ०६:१७ मा प्रकाशित

चितवन । चितवनको राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएकी छन्। 

भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार(आज) बिहान बाघले आक्रमण गरेको हो। रेखालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

रेखालाई बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजी गरिरहेको जनाइएको छ । खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको कार्यालयले बताइएको छ ।