बीबीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराछोरीले आफ्नो परिवारको व्यापारमा भएको जालसाजीको मुद्दामा साक्षी बस्न अस्विकार गरेका छन् । प्रमुख न्यायधिश लेटिसिया जेम्सले ४४ वर्षिय डोनाल्ड जुनियर र ४० वर्षिया इभान्कालाई प्रमाण पेश गर्न आदेश दिएकी थिइन् ।
जेम्सले सन् २०१९ मा ट्रम्पले राष्ट्रपति बन्नुभन्दा पहिले आफ्नो सम्पत्तिको वास्तविक मूल्यभन्दा धेरै मूल्य तोकेर विभिन्न बैंकबाट ऋण लिने गरेको आरोपमाथि सार्वजनिक अनुसन्धान सुरु गरेकी थिइन् ।
ट्रम्पका वकिलहरुले जेम्सलाई ट्रम्प र उनका छोरोछारीलाई सोधपुछ गर्नबाट रोक्ने प्रयास गरिरहेका छन् । वकिलहरुले प्रमाणका लागि राखिएको अप्रत्यासित र असंवैधानिक प्रस्ताव रद्ध गर्न जेम्सलाई अनुरोध गरेका छन् ।
गत महिना डोनाल्ड ट्रम्पले डेमोक्रेट निर्वाचित न्यायधिश जेम्सले आफू रिपब्लिकन भएकाले नै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई लखेटिरहेको अरोप लगाउँदै क्षतिपूर्तिको मागसहित जेम्सविरुद्ध मुद्दा दायर गरेका थिए ।
तर, जेम्सले तिनीहरुलाई शुक्रवार अगाडि नै आफ्नो कार्यालयमा व्यक्तिगत रुपमै उपस्थित भएर प्रमाण पेश गर्न अनुरोध गरेकी छन् । सोमवार अदालतमा सुनुवाइ अघि बढाउने क्रममा पहिलोपटक अनुसन्धानकर्ताहरुले डोनाल्ड जुनियर र इभान्कालाई शपथ खुवाएर वयान लिन चाहेको बताएका थिए ।
जेम्सका प्रवक्ताले भनेका छन्, “प्रश्नहरुको जवाफ आउँछ भन्ने हामीलाई पक्का विश्वास छ किन भने कोही पनि कानुनभन्दा माथि छैनन् ।”
ट्रम्पका अर्का छोरा ३७ वर्षिय एरिकलाई सन् २०२० को अक्टोवरमा वयान लिइसकको छ । उनी ट्रम्प अर्गनाइजेसनका कार्यकारिणी उपाध्यक्ष हुन् । सन् २०१७ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार समहालेपछि डोनाल्ड जुनियर र एरिकले प्रमुख आर्थिक अधिकारी एल्लेन वेइस्सेल्वर्गसँग मिलेर कम्पनीको अभिभारा सम्हालेका थिए ।