काठमाडौं । चट्याङ लागेर मंगलबार एकै दिन ७ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएका छन्।
चट्याङ लागेर मृत्यु हुनेमा रुपन्देही, नवलपरासी, बाग्लुङ, बाँके, पर्सा, धादिङ, कैलालीका एक एक जना रहेका छन्।