काठमाडौं । नेपालमै एकैपटकमा एउटै उद्योगबाट विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। बाराको सिमरामा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो।
तीन अर्ब रुपैयाँको लगानीमा उद्योग खोल्ने गरी उद्योग विभागमा दर्ता भएको छ। उद्योग विभाग स्रोतका अनुसार ग्यास व्यवसायीका रुपमा चर्चा कमाएका व्यवसायी शिव घिमिरेले नेपालमै विद्युती सवारी मोटरसाइल, स्कुटर, कार, जिप, बस लगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।
उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको बताइउको छ । उद्योगले ४ सय ३१ जनालाई रोजगारी दिने र २ हजार ५ सय केभी विद्युत खपत हुने दर्ता विवरणमा उल्लेख छ।