रक्सी खुवाएर एमाले प्रवेश गराइयोः माओवादी नेता नेपाली

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०७:३८ मा प्रकाशित

काठमाण्डौ । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन्। 

६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन्।