‘पहिले शहीद बन्न झगडा गर्नेहरु अहिले पद पाउन झगडा गर्छन्’ : प्रचण्ड

न्युजलय २ चैत २०७८, बुधबार ११:१८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बेलाबेलामा आफ्नै पार्टीका नेताहरुलाई गाली गरेर चर्चामा आउने गर्छन् । काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा उनले फेरी एक पटक नेता–कार्यकर्तालाई गाली गरेका छन् । 

युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेहरू नै अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्ने गरेको प्रचण्डले आरोप लगाएका छन् ।  माओवादी केन्द्रका एक नेताका अनुसािर पार्टीभित्र वैचारिक अस्पष्टता, अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दो रहेको आरोप लगाए ।

उनले ‘अब माओवादी पनि सच्चिन जरुरी छ,’ उनले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खलनायक भन्दै दनक दिनुपर्ने धारणा राखेका छन् ।  ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्‍यायौं । तर अझै पुगेको छैन,’ उनले भने ।