ओखलढुंगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल ओखलढुंगाका जिल्ला संयोजक एमालेमा प्रवेश गरेका छन् ।
वाइसिएलका जिल्ला संयोजक तथा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका सुवास खड्का एमालेमा प्रवेश गरेका हुन् ।
माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवाहारमा अर्को गरेका कारण आफुहरु एमालेमा प्रवेश गरेको खड्काले बताए । उनले एमालेमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश संसद अम्बिरबाबु गुरुङले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीमा अग्रजको सम्मन गर्ने र युवालाई अवसर दिने बताएका छन् ।