विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् ।
उनले आफूले विश्वासको मतको प्रस्ताव राख्नेसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा पेस गरेका छन् । थापाले उपसभामुख समक्ष आइतबारका लागि विश्वासको मतको प्रस्ताव बैठकको कार्यसूचीमा समावेश गर्न सूचना दिए पनि उपसभामुख सिर्जना दनुवारले भने सोमबारका लागि कार्यसूचीमा राख्न तोक लगाएकी छिन् ।
कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ९२ सदस्यीय प्रदेशसभामा थापालाई बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले राजीनामा दिनुपरेको थियो ।