२०७८ साल मङ्सिर १३ गते सोमबार

साइबेरियाको खानी दुर्घटनामा ११ जनाको मृत्यु, दर्जनौ बेपत्ता

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०९:२८ मा प्रकाशित
जर्मोतेइनो । साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् ।

खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।