तुलसीपुरमा जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०६:२३ मा प्रकाशित

काठमाडौं । दाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ। आज बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना भएको हो।

जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् र तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

घाइते सबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ। प्रहरीले तीव्र गतिका कारण जिप दुर्घटनामा परेको अनुमान गरेको छ।