काठमाडौं । जापानको ओसाकामा रहेको एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
दर्जनौं अग्निनियन्त्रकले चौथो तलामा आगो निभाएपछि कालो झ्यालहरु देखिएको थियो। ओसाका म्युनिसिपल फायर डिपार्टमेन्टले बिहान दश बजेर २० मिनेटमा आगलागीबारे जानरकारी पाएको थियो।
ओसाकाको किटा वार्डमा रहेको किटाशिन्ची मनोरञ्जन जिल्लाको ओसाका स्टेशन नजिकै रहेको ६ तले भवनको चौथो तल्लामा आगलागी भएको हो ।
समाचार संस्था एनएचकेका अनुसार प्रहरीले कसैले नियोजितरुपमा आगो लगाएकोबारे जाँच गरिरहेको छ।