झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव

न्युजलय ९ पुस २०७८, शुक्रबार ०७:१० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। 

शुक्रबार (आज) बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

खाजा खाने समयमा हेर्दा ढोका नखोलेपछि हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखिएको जनाइएको छ ।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिए।