नेकपा एसले दुई साता लामो मेची–महाकाली राष्ट्रिय अभियान गर्ने

न्युजलय १० असोज २०८०, बुधबार ०१:१३ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुई साता लामो मेची–महाकाली राष्ट्रिय अभियान गर्ने भएको छ ।


समाजवादी जिल्ला कमिटी झापाले मंगलबार पत्रकार सम्मेलन गरी देश रूपान्तरणको मूल एजेन्डासहित आगामी असोज १४ देखि २८ गतेसम्म  अभियान सुरु गर्न लागेको जनाएको हो ।


उक्त अभियानमा समाजवादीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलले पूर्वी नाका काँकडभिट्टावाट प्रारम्भ हुने अभियानमा केन्द्रीय अध्यक्ष माधनकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका सयभन्दा बढी नेताहरुको सहभागिता रहने जनाइएको छ । असोज २८ गते सुर्खेत पुगेर अभियान समापन हुने छ ।