देशभर आज थप ४३ जनामा कोरोना पुष्टि

न्युजलय १० असार २०७९, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन् । 


यस अवधिमा ३ हजार ५५५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ३२ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ११ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।  


त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना संक्रमित निको भएका छन् भने एक लाख ५० हजार ६१ जनाले कोरोना परिक्षण गरेका थिए । हाल १८१ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।