आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

न्युजलय १८ चैत २०७८, शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । देशका केही ठाउँमा आज बेलुका पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताइन् । उनका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताइन् ।


प्रिमनसुनको बेलामा कतै कतै एक्कासि एकैछिन ठूलो पानी पर्न सक्ने उनको भनाई छ । प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।


नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ ।