थप ५ सय ३३ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०४:२१ मा प्रकाशित

काठमाण्डौ । देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ ।