बालेन १८ हजारभन्दा धेरै मतले अगाडि

न्युजलय ९ जेठ २०७९, सोमबार १२:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४३ हजार नजिक पुगेको छ ।  


उनले ४२ हजार ८९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २४ हजार ८५४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २३ हजार ९६८ मत प्राप्त गरेका छन् ।