दाङ । रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्।
कुटपिटबाट चोट लागेका बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेकोछ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।
घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेका हुन् । केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए।
मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई हरुवाहरु बाटोमा किन बसिरहेका भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ।