रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको गुनासो पछि छापा हानिएको हो । उक्त स्थानबाट प्रहरीले एक सय ५० जना किशोर–किशोरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएको छ ।
एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।