मेष । बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। बोल्दा ख्याल गर्नुहोला। खर्च बढ्नेछ।
वृष । आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ।
मिथुन । आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। धोका हुने सम्भावना छ।
कर्कट । दिन राम्रो छ। अधुरा काम पूरा हुनेछन्। सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ। उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ।
सिंह । शिक्षामा प्रगति हुनेछ। धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ।
कन्या । दिन सामान्य छ। मानसम्मान मिल्नेछ। प्रेम बढ्नेछ। आफन्तले भन्दा अरुले सहयोग गर्नेछन्।
तुला । मनमा खुसी मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला।
वृश्चिक । स्वास्थ्यमा समस्या हुनेछ। पराक्रम बढ्नेछ। प्रेम बढ्नेछ। प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ।
धनु । झुठा आरोप लाग्नसक्छ। आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ।
मकर । चामत्कारिक दिन छ। सानो कुरामा हात नलगाउनुहोला। पठनपाठनमा आलश्यता बड्नेछ।
कुम्भ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने छ। शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन्।
मीन । दाम्पत्य जीवन सुखमय बन्नेछ । सकारात्मक उर्जा बढ्नेछ। खर्च बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ।