निर्वाचन आयोगले माग्यो भोट हाल्ने दिन सार्वजनिक बिदा

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०२:२४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।


आयोगले मुख्य सचिवमार्फत बिदाका लागि सरकारलाई अनुरोध गरेको हो ।


विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।