नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

न्युजलय १८ असार २०८०, सोमबार ०१:५५ मा प्रकाशित

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति पहिरो खस्दा दुई तर्फिनै सडक अवरुद्ध भएको हो।

माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

पल्टिएको कन्टेनर सोही स्थानमा रहेको ढिस्कोमा फसेका कारण सडक अवरुद्ध भएको हो। अहिले कन्टेनर र पहिरो हटाउन सुरु गरिएको बताइएको छ ।