नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बुधबार(आज) बिहान राप्तीसोनारी–६ स्थित राप्ती पीडित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको जनाइएको छ ।
पाडो राखेर बाघ नियन्त्रणको प्रयास गरिएकोमा बाघले मंगलबार राति नै पाडो खाएको थियो। बिहान ७ बजेतिर बाँकी रहेको पाडोको मासु खान आएको बेलामा पहिलो डार्कको प्रयास विफल भएको थियो।
दोस्रो पटकको प्रयासमा डार्क सफल भएको थियो। झन्डै २ हप्तादेखि कोषको टोलीले बाघ नियन्त्रणका लागि काम थालेको थियो। राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको आक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ।