बुर्किना फाँसोको सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०२:३० मा प्रकाशित

काठमाण्डौ । बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँको अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा मृत्यु हुनेहरूमा महिला र बालबालिका पनि छन् । 

घटनास्थलहरूमा शवहरू यत्रतत्र छरिएका थिए । विस्फोटन स्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  

विस्फोटमा घाइते भएका दर्जनौंलाई नजिकको अस्पतालमा लगिएको छ ।