सुनको मूल्य बढ्यो

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ११:५७ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो। 

योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदी १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।