नौ वटा मुद्दामा सजाय खेपेका राई गाँजासहित पक्राउ

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०१:०९ मा प्रकाशित

संखुवासभा । संखुवासभामा गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले २०६५ देखि २०७६ सम्म ९ वटा विभिन्न प्रकारका मुद्दामा जेल जीवन बिताइसकेको प्रहरीले जनाएको छ ।

यसअघि राईले ६ पटक सार्वजनिक मुद्दा, २ पटक ज्यान मार्ने उद्योगको मुद्दा र १ पटक लागूऔषध मुद्दा खेपिसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।