काठमाण्डौ । मंगलबार(आज) सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।