आत्महत्या गर्नेको संख्या विश्वमै कहालीलाग्दो

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार १०:२५ मा प्रकाशित

 काठमाण्डौ । आत्महत्याबाट मृत्यु रोज्नेको संख्या विश्वमा बढ्दो छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलव्ध गराएको तथ्यांक हेर्दा यसको अवस्था कहालीलाग्दो नै छ । संगठनका अनुसार प्रत्येक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । 

यसमा पनि आत्महत्याको प्रयास त्योभन्दा निकै धेरै हुन्छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्याबाट मृत्यु रोज्ने गरेको पाइन्छ ।

यो बाहेक, प्रत्येक आत्महत्याको लागि २० भन्दा बढी आत्महत्याका प्रयासहरू हुने गरेका छन् । अझ १५ देखि २९ वर्ष समूहमा चौथो प्रमुख कारण आत्महत्या नै रहेको छ । विश्वका हरेक क्षेत्रमा आत्महत्या हुने गरेको छ । विश्वव्यापी आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएका देशहरूमा हुन्छन् ।

विश्वभर हुने सबै मृत्युको १ दशमलव ३ प्रतिशत आत्महत्याले ओगटेको छ । सन् २०१९ मा मृत्युको १७ औं प्रमुख कारण आत्महत्या थियो । अहिले हाम्रो मुलुकमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । 

कोरोना माहामारीले ल्याएको समस्याका कारण पनि धेरैले आत्महत्याको बाटो रोज्न पुगेका छन् । त्यसमा अभिनय क्षेत्रदेखि लिएर विद्यार्थीसम्म देखिन्छन् ।